• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गुडिरहेको सुमोमा ढुंगा खसेपछि


  • धनकुटा खबर
  • .

कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ८ बगुवामा गुडिरहेको टाटा सुमोमाथि ढुंगा खस्दा एकजना महिला घाइते भएकी छन्।

सोमबार दिउँसो काठमाडौंबाट सर्लाही जाँदै गरेको ना १ ज ५९४३ नम्बरको सुमोमाथि ढुंगा खस्दा सर्लाही बरहथवा नगरपालिका २ बस्ने ३६ बर्षीया सीता पौडेल घाइते भएकी हुन्।

सुमोमाथि ढुंगा खस्दा सुमोको झ्यालको सिसा फुटेर उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा हेटौंडा अस्पताल ल्याइएको थियो।

बेहोस अवस्थामा रहेकी पौडेलको उपचार पछि होस आइसकेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖