• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

शहीद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् ।शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गरेका छन् ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖