• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्रीविरुद्ध प्रहरीमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ माघ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध बझाङका धनबहादुर बोहराले प्रहरीमा उजुरी हालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा हालेको उजुरीमा मन्त्र साउदले आफूमाथि ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले आफूसँग विभिन्न मितिमा मलाई साह्रै समस्या छ, भनी रुपैया ऋण सापटी मागी लिएको र भाका नाघेको लामो समयसम्म पनि पैसा फिर्ता दिन अस्वीकार गरेका उल्लेख गरेका छन् ।

‘ निजले दिने समय अवधि समाप्त भई सक्दा समेत मलाई रुपैया नदिई रुपैया फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमका धाक धम्कि दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्कि दिएको हुँदा मेरो शान्ती सुरक्षा समेत गरि पाउँ’ बोहराले निवेदनमा भनेका छन् ।

साउद गएको प्रदेश सभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका थिए । यसैबीच उनीविरुद्ध परेको उजुरी छानबिनको क्रममा रहेको प्रहरीले जनाएको छ । उजुरी प्राप्त भएको र यसबारेमा आवश्यक प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖