• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ माघ । सरुवा भएर दुई दिनअघि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ ।

उनको हृदयघातका कारण आज बिहान निधन भएको हो । मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको पारिवारीक स्रोतले जनाएको छ । न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियाे। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए। उनको आज उच्चमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलास तोकिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖