• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई क्षतिपूर्ति दिन सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । मानव अधिकार आयोगले डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिस गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका यादवलाई १० हजार क्षतिपूर्ति दिलाउन भन्दै आयोगले सरकारलाई सिफारिस गरेको हो ।

आफूलाई सीआईबीले गत साउन २५ गते गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए ।

पुस १९ गतेको निर्णयले डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिन भन्दै आयोगले सरकारलाई सिफारिस गरेको बताइएको छ ।

केही महिनाअघि सीआईबीले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरुमाथि अपरेसन चलाएको थियो । सोही क्रममा सक्कली डाक्टर रन्जित कुमार पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖