• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बैंकको एटीएम फोड्दै गरेका पौडेल पक्राउ


  • धनकुटा खबर
  • .

पोखरामा फेरि बैंकको एटीएम फोडी चोरी गर्ने प्रयास भएको छ । तर, उनको प्रयास सफल भएन ।

आइतबार राति पौने १२ बजे समयमा पोखरा वडा नं. ५ जिरो किलोमिटरस्थित एनएमबि बैंकको एटीएम फोड्ने प्रयास भएको हो ।

एटीएम फोड्दै गरेको अवस्थामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घर भइ हाल पोखरा-१७ बिरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरि जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖