• Friday 16th of October 2026

नेपाली बजारमा सुनको मूल्य लगातार वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖