• Friday 16th of October 2026

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला


  • धनकुटा खबर
  • .

चितवन। चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖