• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हेलम्बुमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना भएको छ। बुधबार बिहान बा २ च ४४५० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौँस्थित केएमसी अस्पताल ल्याइएको छ। अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौँ ल्याउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖