• Friday 16th of October 2026

जन्मदर्ता नम्बरले बालिग भइन् गौशाला २६, ‘स्पोन्सर’को आश देखाएर दोषी प्रमाणित भए सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले परिवर्तित नाम गौशाला–२६ विरुद्ध जबरजस्ती करणी ठहर भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

वेबसाइटमा प्रकाशित भएको फैसलाको पूर्णपाठमा लामिछानेले गौशाला २६ को आर्थिक अवस्थाका नाजायज फाइदा उठाएको उल्लेख छ । यही कारण गौशाला २६ को उमेर १८ वर्ष पुगिसकेको अवस्थामा साबालिग भएर पनि लामिछाने दोषी ठहर भएका हुन् ।

उत्ता पीडित गौशाला २६ को नागरिकता, शैक्षिक प्रमाणपत्र र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिले बालिग देखिए पनि उनको जन्मदर्ता नम्बरका कारण बालिग ठरह भएकी हुन् । जन्मदर्तामा साल, महिना र गते पछि नम्बर थप्ने स्थानीय तहको ‘फर्म्याट’बाट उनको जन्ममिति २०६१ साल असार १८ गते ठहर भएको हो ।

Agni Group
नुवाकोटको तादी गाउँपालिकाले एसएलसीको शैक्षिक प्रमाणपत्रका आधारमा उपलब्ध गराएको जन्मदर्ताको प्रतिलिपिमा जन्ममिति २०६२ जेठ १८ भएपनि जन्मदर्ता नम्बर २०६१०३१८००५९२ भएका आधारमा उनको जन्ममिति ०६१ असार १८ नै भएको ठहर अदालतले गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासको फैसलाले माथिल्लो ओहोदामा बसेका व्यक्तिले, आर्थिक हैसियत बलियो भएको व्यक्तिले तल्लो हैसियतमा भएकी महिलासँग गरेको यौनसम्बन्ध सहमतिको नभएर प्रभावमा परेर भएको हुनसक्ने नजिर पनि प्रतिपादन गरेको छ ।

लामिछानेले पीडित गौशाला २६ ले आफ्नो आर्थिक अवस्था कमजोर भएको र पढाइका लागि ‘स्पोन्सर’ आवश्यक भएको भनेकोमा विचार गरौँला भनेका लामिछानेले राखेको यौन सम्बन्धले प्रभावमा पारेको ठहर भएको हो । सन्दीपले बयानका क्रममा गौशाला २६ ले आफ्नो बाबुआमाको डिभोर्स भएको र पढ्नका लागि समस्या भएको बताएर स्पोन्सरको आग्रह गरेकोमा आफूले विचार गरौँला भनेको बताएका थिए ।

त्यही भनाइ समेतका आधारमा लामिछानेले प्रभावमा पारेर यौन सम्बन्ध राखेको ठहर भइ दोषी कायम भएका हुन् । १८ वर्ष माथिका महिलासँग जबरजस्ती करणीमा सातदेखि १० वर्ष कैद सजाय हुनेमा सन्दीपलाई आठ वर्ष कैद सजाय निर्धारित भएको छ ।

उनलाई तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्तिको पनि सजाय भएको छ । जरिबाना र क्षतिपूर्ति पूरै पीडितले नै पाउने व्यवस्था छ । सन्दीप फैसला चित्त नबुझेमा ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन जान सक्छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पुनरावेदन जाने बताइसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖