• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यि रहेछन् माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । गुरुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖