• Friday 16th of October 2026

आज बिहान १ बजेदेखि लागू !फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १८ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

बैठकले निर्धारण गरेको नयाँ मूल्य आज बिहान १ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖