• Friday 16th of October 2026

कांग्रेसको पेलानमा प्रधानमन्त्री, तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ माघ । मन्त्रिपरिषद् हेरफेरको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालका लागि आफ्नो निर्णयबाट ब्याक हटेका छन् । प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रभावकारी कार्यसम्पादन गर्न नसकेका मन्त्रीहरुलाई हटाएर सरकारको काम कारबाहीलाई गति दिने बताएका थिए । तर, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरुलाई नचलाउन चेतावनी दिएपछि उनी आफ्नो निर्णयबाट ब्याक भएको बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता भानुभक्त जोशीले कांग्रेसले आफ्ना मन्त्रीहरु फेरबदल नगर्न संकेत गरेपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो निर्णयबाट केही समयका लागि ब्याक भएको बताए ।

‘मन्त्रालयका मन्त्रीहरुले जसरी कार्यसम्पादन गर्नुपर्ने हो, जनतामा जसरी आशा, भरोसा जगाउन पर्ने हो, त्यो कुरामा कमी कमजोरी रहेको भन्ने कुरा प्रधानमन्त्री स्वयंले त्यो कुरा गरेपछि हामीलाई पनि यो बीचमा मन्त्रिपरिषद फेरबदल हुन्छ भनेर ब्यापक चर्चा पनि भयो ।’ नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘कार्यकर्ताको बीचमा पनि गाइँगुईँ भयो । तर, पछिल्लो चरणमा म आफैं सुन्छु, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट अहिले फेरबदल नगर्ने कि भन्ने संकेत आइसकेपछि फेरि यो विषय केही समयका लागि स्थगित भएको हो कि भन्ने लाग्छ ।’

अहिले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसकेको प्रधानमन्त्री प्रचण्डको निश्कर्ष छ । तर, देउवाले मन्त्रिपरिषद् हेफेर गर्ने नै हो भने कांग्रेसबाहेकको गर्न प्रचण्डलाई सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖