• Friday 16th of October 2026

स्वर्गीय कमानसिंह लामाका छोरा र भाइहरुसहित माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

बनेपा । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता स्वर्गीय कमानसिंह लामाका भाइ र छोराहरुसहित ४५जना माओवादी जिल्लास्तरीय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कमानसिंह लामा तत्कालीन एकताकेन्द्र हुँदै माओवादीको नेता,सांसद र कोरियाको लागि राजदूत बनेका थिए ।

कोभिड संक्रमणका कारण निधन भएका नेता लामा जीवनको पछिल्लो कालखण्डमा आफ्नै पार्टीका नेताहरुले आर्थिक शोषण गरेको भन्दै पीडित थिए । उनका भाइ ज्ञानु लामा,अवतार लामा तथा छोराहरु दोर्जे लामासहित एमालेमा प्रवेश गरेका हुन् ।

जिल्लाको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिका ७ र ८ का माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु बनेपा स्थित एमाले पार्टी कार्यालयमा नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरु अधिकांश तत्कालीन जनमोर्चा पृष्ठभूमिका हुन् ।

नव प्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री रेशम लामा, पुर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्यहरु चुडामणी गौतम, ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिव राजकुमार सापकोटा, पुर्व उप सचिव रिता ढकाल, सचिवालय सदस्य नारायण गौतम, विक्रम चौलागाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

प्रवेश गर्नेमा माओवादी कार्यकर्ताहरु सविनकुमार भुजेल, सफलकुमार गौतम, उज्जवल पाठक, लक्ष्मण पाठक, सुरेश गौतम, प्रतिक भुजेल, सुमन भुजेल, प्रकाश श्रेष्ठ, कार्साङ्ग लामा, मनोज भुजेल, सुजित गौतम, कमल भुजेल, नवराज पाठक, सोमनाथ काफ्ले, लिला लामा, सुप्रिया लामा, सक्षम लामा, सरुना लामा, सनिल लामा, जमुना लामा, रामकुमार गजमेर, रामबहादुर गजमेर, अजय लामा, सन्दिप भुजेल, प्रदिप पाठक, नवराज गौतम, प्रकाश चौलागाई लगायत छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖