• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

महाकाली नदीमा खसेका एक व्यक्तिको सकुशल उद्धार


  • धनकुटा खबर
  • .

सशस्त्र प्रहरीले दार्चुलाको महाकाली नदीमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ।

बिहीबार दार्चुलाको महाकाली नगरपालिका-१ छापरी बस्ने ४२ वर्षीय मदन कुँवरको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र झाले जानकारी दिए।

उनका अनुसार कुँवर मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाँदै थिए। सोही क्रममा उनी महाकाली नदीको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए।

उनी नदी किनारमा खसेलगत्तै ४४ नम्बर गण दार्चुलाबाट झोलुङ्गे पुलमा खटिएका सुरक्षाकर्मीले उद्धार गरेको हो।

उनको टाउकोमा चोट लागेको हुँदा उनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको झाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖