काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा पाँचजना सामान्य घाइते भएका छन् । काभ्रेको बनेपा नगरपालिका–१४ स्थित भैँसेपाटीमा पनौतीबाट काठमाडौंतर्फ आइरहेको बा २ ख ६६६९ नम्बरको बस दुर्घटनामा परेको बनेपाका डीएसपी लालधोज सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।
बसले विपरीत दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ नम्बरको मयुर यातायातको बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँचखाल नगरपालिका–६ की २४ वर्षीया नबिना दनुवार घाइते भएकी छन् । उनको बाँया हातमा सामान्य चोट लागेको थियो । यस्तै, नमोबुद्ध नगरपालिका–५ की २० वर्षीया करुणा भुजेलको खुट्टामा सामान्य चोट लागेको थियो । उनीहरू डिस्चार्ज भइसकेका छन् ।
सामान्य घाइते भएका नमोबुद्ध नगरपालिका–३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनका छोरा ९ वर्षीय समर्पण लामा पनि उपचारपछि डिस्जार्ज भइसकेका छन् ।
