• Friday 16th of October 2026

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद र बसन्त चौधरी पनि यसरी तानिँदैछन् सिआइबी अनुसन्धानमा


  • धनकुटा खबर
  • .

काठमाडौं । बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनामा सिंगो चौधरी ग्रुपमाथि नै प्रहरीले छानबिन थालेको छ ।

अरुण कुमार चौधरी पक्राउ परेकोमा उनका दाइहरू बिनोद चौधरी र बसन्त चौधरीमाथि समेत छानबिन हुने प्रहरी अधिकारी बताउँछन् ।

उनीहरूले २०४३ सालमा सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा हत्याएका थिए ।

त्यतीबेला च्याम्पियन फुटवेयरमा अरुणसहित विनोद कुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल र गंगादेवी चौधरी समेत शेयर सदस्य थिए ।

हाल सो कम्पनी खारेज भइसकेको छ। जग्गा हिनामिना भएको बेला विनोद र बसन्त पनि सो कम्पनीको शेयर होल्डर भएकाले उनीहरूमाथि पनि अनुसन्धान हुने सिआइबीका एक उच्च अधिकारीले बताए ।

यद्यपि अन्यविरुद्ध पक्राउ पूर्जी भने जारी भइसकेको छैन । हाल सिजी चाँदबाग रेसिडेन्सीको नाममा सो जग्गा रहेको छ । त्यहाँ चाँदबाग स्कुल सञ्चालित छ । सो कम्पनीमा अरुण र शिला शेयर धनी छन् ।

सो आधारमा अरुण सिआइबीको पहिलो टार्गेटमा परेका हुन् । ‘अनुसन्धानमा दबाब आएन भने बिनोद र बसन्त पनि पर्ने निश्चित देखिन्छ,’ सिआइबीका उच्च अधिकारीको दाबी छ ।

त्यतीबेला दरबारको आडमा चौधरी समूहले सो जग्गा हत्याएको थियो । जसमा बिनोद चौधरी नै हर्ताकर्ता थिए । सिआइबीले कीर्ते र ठगी मुद्दामा उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖