• Friday 16th of October 2026

कांग्रेस संसदीय दलको बैठक आज बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठकमा हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएकाे हाे ।

बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ। बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖