काठमाडौं, १९ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको निर्णय बिनानै सञ्चालक समितिले बिक्री गरेको पाइएको बताएको छ ।
आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सीआईबीले संचालक समितिले कानून बिपरीत आफूलाई फाईदा र सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले उक्त कार्य गरेको अनुसन्धानबाट खुल्न आएको बताएको हो ।
सीआईबीका अनुसार बाँसबारी छालाजुत्ता कारखानाको नाममा डिल्लीबजार मालापोत कार्यालयमा १८ रोपनी ३ आना २ पैसा जग्गा थियो । सरकारको निर्णयविना (तत्कालीन श्री ५ को सरकार) सञ्चालक समितिलाई उक्त जग्गा बेचबिखन गर्ने कुनै अधिकार नरहेको अवस्थामा आफूलाई फाइदा र सरकारलाई घाटा हुने गरी उक्त जग्गा हिनामिना भएको सीआईबीले बताएको छ ।
सीआईबीले तीन महिना लामो अनुसन्धानपछि अरुण चौधरीको संलग्नता पुष्टि हुने आधार प्रष्ट भएरनै उनलाई पक्राउ गरिएको बताएको छ ।
