• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हतियार प्रहार गरेर दुई जनाको ज्यान मार्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । धारिलो हतियार प्रहार गरेर दुई जनाको ज्यान मार्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौं रामहिटी बस्ने २७ वर्षीय छिरिङ तामाङ (अनिश) रहेका छन् ।

गत असोज २५ गते लौनचौको माखालातीमार्गस्थित निकेत राई र तेन्जिङ शेर्पालाई मोटरसाइकलबाट पिछा गर्दै आएका समूहले खुकुरी, खुडा र ढुंगा प्रहार गरेर फरार भएका भएका थिए ।

खोजतलासको क्रममा गत बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङलाई चाबहिलबाट बिहान ११ बजे पक्राउ गरेको थियो ।
तामाङमाथि प्रहरीले थप अनुसन्धानको लागि प्रहरी वृत्त लैनचौरमा राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖