• Friday 16th of October 2026

ओलीको दाबी- कांग्रेसका एक उच्च नेताले स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे


  • धनकुटा खबर
  • .

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको दाबी गरेका छन्।

सिंहदरबारमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशको अवस्था अत्यन्तै खराब रहेको बताए।

उनले सत्तारुढ नेपाली कांग्रेसका एक जना उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको दाबी गरेका छन्।

‘अहिले देशको अवस्था नराम्रो छ। राजनीतिक हिसाबले गैरजिम्मेवार चलखेल भइरहेको छ। लोकतन्त्रको औचित्य नै समाप्त पार्ने गरी’, ओलीले भने, ‘नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनपर्छ भन्नुभयो। देश कहाँ पुग्यो?’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖