• Friday 16th of October 2026

राष्ट्रपतिलाई ओलीको चेतावनी- तपाई कांग्रेसको प्रतिनिधि होइन, आफ्नो थान्कामा बस्नुस्


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति कडा असन्तुष्टि जनाएका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको कडा आलोचना गरेका हुन्।

राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप ओलीले लगाए । ‘राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ। तपाईं कांग्रेसको प्रतिनिधि हैन, ​तपाईं गठबन्धनको प्रतिनिधि हैन,’ ओलीले भन्नुभयो, ‘आफूले पाएको अधिकार प्रयोग गर्नुस्, आफ्नो थान्कामा बस्नुस् । जथाभावी नगर्नुस् । संविधानअनुसार साझा भएर काम गर्न सुझाव दिन्छु ।’

राष्ट्रपति संविधानभन्दा माथि नहुने उनले बताए । ‘हामीले राजालाई त संविधानअन्तर्गत ल्याएर संविधान अनुसार चल्ने बनाएका थियौं,’ उनले भने, ‘दायरा नाघ्दा राजतन्त्र समाप्त भयो । यो संवैधानिक जमाना हो ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖