• Friday 16th of October 2026

हटाइए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट पाण्डेलाई


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् ।

पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बतायो ।

पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

उनीमाथि गाँजा तस्कर भगाएको लगायत विभिन्न आरोप लागेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖