• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डेढ अर्ब ठगीका आरोपित शाह पाथीभरा दर्शन गरेर फर्किदै गर्दा समातिए


  • धनकुटा खबर
  • .

सर्वसाधारणको डेढ अर्ब रुपैयाँ ठगीका आरोपित सप्तरीको राजविराजका डम्बर बहादुर शाहलाई प्रहरीले पाँचथरको फिदिमबाट पक्राउ गरेको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शन गरेर फर्किदै गरेका शाहलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध ३४ जना सर्वसाधारणले अनलाइनबाट ठगीको आरोपमा जोहरी दिएका छन् । ‘उद्गम भेन्चर’ बित्तीय कारोबार गर्ने फर्मका सञ्चालक शाहको अनलाइन मार्फत् सामग्री पठाएको भन्दै सर्वसाधारणलाई पैसा पठाउन लगाएर ठगी गर्ने गिरोहसँग कनेक्सन रहेको भेटिएपछि शाहलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुई वर्षको अवधिमा उनले डेढ अर्बको कारोबार गरेको पुष्टि भएको उनको भनाइ छ । ुविभिन्न जिल्ला स्थायी ठेगाना भएर काठमाडौं बसोबास गर्दै आएका ३४ जना सर्वसाधारणले अनलाइन मार्फत् सामान पठाइदिन्छौं भन्दै ठगी गरेको पाइएपछि अनुसन्धान गर्दा ठगीमा संलग्न व्यक्तिहरुले शाहको खातामा विभिन्न माध्यमबाट पैसा पठाएको पाइयो, पछिल्लो दुई वर्ष यता ३४ वटा खाताबाट डम्बरको खातामा डेढ अर्ब पैसा डिपोजिट भएको पुष्टि भएको छ,’ थापाले भने ।

अनलाइन ठगीमा संलग्न समूहले पार्सल हिडिसकेको, चिट्ठा परेको र अर्डरको सामान पठाइ सकिए पनि भन्सारले सामान रोकेको जस्ता बहाना बनाएर ३४ सर्वसाधारणलाई ठगेको बताइएको छ । ३४ वटा जाहेरी उपर अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको पनि प्रहरीको भनाइ छ ।

आफ्नो खातामा जम्मा भएको पैसालाई क्रिप्टोमा रूपान्तरण गर्दै नगद चाहिनेलाई नगद र खातामा राख्न चाहनेलाई उनले राख्ने सुविधा दिँदै आएका थिए । सो बापत उनले कमिसन समेत लिने गरेको खुलेको प्रहरी निरिक्षक थापाले बताए । अनलाइन ठगीमा संलग्न गिरोह बारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖