• Friday 16th of October 2026

पूर्वराजा शाह दम्पत्ति चितवन जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल चितवन जाने भएका छन् ।

पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सार्वजनिक गरेको सूचनाअनुुसार पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति आगामी साता चितवन भ्रमणमा जाने भएका छन् ।

पछिल्लो समय पूर्वराजा शाहले आफ्नो सक्रियता बढाएका छन् । यसअघि उनी मधेश प्रदेशको भ्रमणमा व्यस्त थिए । उनको सक्रियतालाई लिएर दलका नेताहरुले भने कडा खालका टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले त दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖