• Friday 16th of October 2026

महासमिति बैठकः देउवाले चयन गरे उपसमितिका संयोजकहरु


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमितिका संयोजकहरु चयन गरेका छन् ।

आज (आइतबार) महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका देउवाले विभिन्न आठ वटा उपसमितिका संयोजक तोकेका हुन् ।

सभापति देउवाले प्रचार–प्रसार उपसमितिमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग वस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) लाई संयोजक बनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖