• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ठमेलमा चिनियाँ नागरिक मृत फेला


  • धनकुटा खबर
  • .

ठमेलमा चिनियाँ नागरिक मृत फेला परेका छन्।

शुक्रबार साँझ सवा ५ बजे ठमेलको नेपालय होम होस्टेल प्रालिको कोठामा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वांग्लाई मृत फेला परेका हुन्।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार ती व्यक्ति माघ १० गतेदेखि नेपालय होम होस्टलमा बस्दै आएका थिए।
होस्टल बासु रिजालले सञ्चालन गर्दै आएका थिए।

घटनाबारे सोह्रखुट्टे प्रहरीले अनुसन्धान गरिरहेको एसपी ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖