• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ


  • धनकुटा खबर
  • .

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा खोटाङको बाक्सिला गाउँपालिका–४ घर भइ हाल काठमाडौंको काडाँघारी बस्ने बालकृष्ण कार्कीको ४३ वर्षीया श्रीमती फूलमाया खत्री रहेकी छन् ।

फूलमायाले प्रकाश बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाइदिन्छु, त्यसको लागि पाँच लाख रुपैयाँ लाग्छ, माल्दिभ्स पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

उनले पीडितबाट पटक पटक गरी ४ लाख ४० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खत्रीको खोजतलास गर्ने क्रममा माघ १९ गते काडाँघारीबाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖