• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल छन् ।

उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख ५० हजार ठगेको आरोप छ । आरोपीहरुले प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ मासिक दुई लाख कमाई हुने आश्वासन दिएका थिए ।

रकम लिएपछि उनीहरु सम्पर्क विहीन भएका हुन् । उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖