• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

धनकुटाका एक युवासहित ३ जना नेपालीको जापानमा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ। ३ महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एशिया प्रान्त उपसंयोजक जापान निवासी दिपक केसीले ह्रदयघातका कारण मृत्यु भएको बताए। जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी ४ जना साथीसँगै बस्दै आइरहेका थिए।

आइतबार बिहान जापानी समय अनुसार बिहान ३:५४ बजे पौडेललाई हृदयघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो। उपचारको क्रममा उनलाई जापानी समयअनुसार बिहान ४:४५ बजे मृत घोषणा गरेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए। शव नेपाल पठाउनका विद्यालय र एनआएएनए जापानले प्रक्रिया अघि बढाएको छ। एनआरएनका सदस्यहरुले मृतक पौडेलको परिवार तथा आफन्तलाई सम्पर्क गरिरहेको संयोजक गौतमले बताए।

एक सातायता जापानमा तीन जना नेपाली युवकको मृत्यु भइसकेको छ। धनकुटाको पौडेलसहित लमजुङको युवराज तामाङ, नुवाकोटको अनोज कार्कीको मृत्यु भएको छ। मानसिक रुपमा पूर्ण तयार नभई जापान प्रवेश गर्नु, सोचेको जापान र वास्तविक जापानमा भिन्नता पाउँदा, यहाँको प्रक्रियामा घुलमिल नसक्दा मानसिक तनाव भएर मृत्यु भएको हुनसक्ने धनकुटा घर भई हाल जापान बस्दै आइरहेका योमन देवानले बताए।-पूर्बेली न्यूजबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖