• Friday 16th of October 2026

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि मेयर बालेन भने- ‘पत्र केपी ओलीलाई लेख्नु’


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही दि अघि सञ्चालनमा सञ्चालनमा ल्याइएको धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै आक्रोस व्यक्त गरेका छन्। तर, कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो भनेर उनले खुलाएका छैनन्।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै उनले अहिले आएर पार्किङ बन्द गर्नु गर्न भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका छन्। आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’ सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

उनले भनेका छन् ‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन् ।

‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’ बालेनले लेखेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖