• Friday 16th of October 2026

दुई दिनमा सुनको मूल्य १ हजार घट्यो


  • धनकुटा खबर
  • .

२१ माघ, काठमाडौं । दुई दिनमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आइतबार ६ सय र सोमबार ४ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँ घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १३९५ रुपैयाँ रहेको चाँदी सोमबार १३९० मा झरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖