• Friday 16th of October 2026

रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा उजुरी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता भएको छ ।

पोखरास्थित रहेको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताहरुले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा सभापति लामिछानेसहित १८ जनाविरुद्ध आज पुरक उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए ।

सूर्य दर्शन सहकारीका एक हजार ५६ जनाले पहिले नै उजुरी दर्ता गराइसक्नु भएको थियो । आज फेरि पुरक उजुरी दर्ता भएको छ । यसमा उहाँ (रवि) पनि हुनुहुन्छ,’– एसपी थापाले भने ।

उक्त सहकारीका सञ्चालक जिबी राई अहिले फरार छन् । प्रहरीले यस अघि रास्वपा सभापति लामिछानेविरुद्धको उजुरी दर्ता गर्न अस्वीकार गरेको भनेर व्यापक आलोचना भइरहेको थियो । सूर्यदर्शनका बचतकर्ताहरु संघर्ष समितिनै बनाएर बचत फिर्ताका लागि लागिपरेका छन् ।-रिपोर्टर्स नेपाल

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖