• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

श्रीमान, श्रीमती सहित तीनजना मृत फेला


  • धनकुटा खबर
  • .

पाल्पा, माघ २३ । पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत फेला पर्नेमा श्रीमान, श्रीमती र अर्का एक पुरुष रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको रिब्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ । श्रीमती आफ्नै घरको बिस्तरामा मृत र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, रिब्दीकोटकै वडा नम्बर–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन्। दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖