• Friday 16th of October 2026

दुई दिन भित्र अनुसन्धान नसके चौधरीलाई हाजिरी जमानीमा छाडन आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २३। जिल्ला अदालत काठमाडौंले अरुण चौधरीका सम्बन्धमा दुई दिन भित्र अनुसन्धानको प्रकृया नसके हाजिरी जमानीमा छाड्न आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २२ गते सोमवारबाट लागु हुने गरी दुई दिन भित्र अनुसन्धान नसकिए अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो ।

”प्रतिवादीहरुलाई २५ दिन सम्म नै हिरासतमा राखी अनुसन्धान गर्न बुझ्न पर्ने कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी कागज गराउनको लागि मिति २०८०।२०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ । प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने कागज गराउनु पर्ने नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिरी जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानक कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नुभनि मुलुकी फौजदारी मुलुकी कार्यविधि सहित २०७४ को दफा १४,६ बमोजिम यो आदेश गरिएदिएको छ ।” आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖