• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सर्लाही दुर्घटना : घाइते नापी कार्यालय सहयोगी घिमिरेको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाहीमा दुर्घटनामा घाइते भएका नापी कार्यालय मलंगवाका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ।

घिमिरेको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार राति नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो।

अधिकृत सहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेका थियो।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका थिए।

नापी अधिकृत श्रेष्ठसहित तीन जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय बैधनाथ पटेल घाइते छन्।

त्यस्तै, मलंगवा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर ७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।

सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलंगवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किन पुगेको थियो।

घाइते सबैको एलेक्स न्युरो अस्पताल कैलया, बारामा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖