• Friday 16th of October 2026

एमाले धादिङको बन्दसत्र अनिश्चित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनअन्तर्गत रोकिएको बन्दसत्र मंगलबार पनि सुरु हुन सकेन ।

नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौँ बोलाएर आइतबार नै सङ्गठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिए पनि मंगलबार समेत सूचना जारी गरेर बन्दसत्र सुरु हुन नसकेको अध्यक्ष मण्डलले जनाएको छ ।

सोमबार नै सुरु हुने भनिएको बन्दसत्र मंगलबारलाई सारिएको थियो । तर मंगलबार पनि आन्तरिक तयारीको काम नसकिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म बन्दसत्र सुरु नहुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जनाएका छन् ।

शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि झडपमा परिणत भएको एकपक्षको आरोप छ । एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएपछि अधिवेशन अनिश्चित बन्दै आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖