• Friday 16th of October 2026

सहकारी ठगी प्रकरणमा पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं : सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कास्की प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारी छन्। सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। पक्राउ परेका भण्डारीलाई आजै (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।

यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि सहप्राध्यापक भण्डारी साधारण तारेख तथा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि जेल चलान हुने भन्ने आदेश आउने छ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖