• Friday 16th of October 2026

राष्ट्रियसभाको अध्यक्ष नछाड्ने प्रचण्डको भनाई, सांसदहरुपनि एकमत


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने भएको छ। पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको दलको बैठकमा अधिकांश सांसदहरुले राष्ट्रियसभाको अध्यक्ष कुनैपनि हालतमा नछाड्न नेतृत्वसमक्ष दबाब दिएका छन् ।

माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ । उसका १७ सांसद छन् । राष्ट्रियसभाको निर्वाचनलगत्तै अहिलेको सत्ता गठबन्धन नै भत्किन सक्ने चर्चा भैरहेको छ ।

कांग्रेसका नेताहरुले भने राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसाद सिटौला बन्ने दाबी गरेका छन् । उनी राष्ट्रियसभाको अध्यक्ष बन्नको लागि नै उनी चुनावी मैदानमा उत्रिएको बताईने गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖