• Friday 16th of October 2026

अरुण चौधरीलाई छाड्न लागिएको भन्दै वाईसीएल अध्यक्ष शेर्पालीले व्यक्त गरे आक्रोश


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रमाणसहित पक्राउ परेका अरुण चौधरीलाई अदालतले हाजिर जमानीमा छाड्ने आदेश दिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । चौधरीलाई हाजिर जमानीमा छाड्न आदेश दिने न्यायाधीशमाथि आक्रोश व्यक्त गर्दै उनले ‘यस्तो गैरजिम्मेवार किसिमको व्यक्तिबाट न्याय सम्पादन सही हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने ?’ भनी प्रश्न गरेका छन् ।

यसरी न्याय सम्पादन हुँदै जाने होभने जनताले सही र गलतको फैसाला सडकमै गर्ने दिन आउन सक्ने उनको भनाइ छ । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरिरहेको दाबी गर्दै वर्तमान सरकारलाई गलत फैसलाको सिकार बनाउन खोजिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,

गलत गरेको तथ्य प्रमाणसहित नेपाल प्रहरी सिआइबीले तीन महिना लगाएर पक्राउ गरेको व्यक्तिलाई दुइ दिनभन्दा बढी अनुसन्धान नगर्नु थुनामा नराख्नु भन्ने आदेश दिने मा. न्यायाधीशबारे तपाइको अभिमत के छ ? यस्तो गैरजिम्मेवार किसिमको व्यक्तिबाट न्याय सम्पादन सही हुन्छ भनी नागरिकले कसरी विश्वास गर्ने ? गरिबका फाइल बर्षौदेखि हेर्न नभ्याउनेमा राख्ने माननीय न्यायाधीशहरूको चाला देखेर मलाई त अचम्मै लाग्यो यस्ता पनि न्यायाधीश रहेछन् देशमा भनेर ।

यसरी न्याय सम्पादन हुँदै जाने हो भने जनताले सही र गलतको फैसाला सडकमै गर्ने दिन नआउला श्रीमान ? इतिहासमै सबैभन्दा राम्रो काम गरिरहेको वर्तमान सरकारले सुशासनको अभियान स्थापित गर्दै जाने तर गलत फैसलाको सिकार अरु बनिदिनुपर्ने ? फैसला गर्नुअघि आम नागरिकका बारेमा कहिले सोच्ने कहिले फैसला गर्ने ? जनताको आक्रोशको ज्वाला निभाउनेबारे सोच्ने कि अझ दन्किरहेको आगोमा घ्यू थप्ने काम न्यायको तराजुमा बसेका न्यायाधीशहरूले गर्ने ? श्रीमान बेलैमा सोच्नुहोस दिन निर्धारण गरेर अनुसन्धानलाई प्रभावित गर्ने तपाइँहरूको उक्ति पूर्णरूपमा गलत छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖