• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बिहेमा मासुको परिकार नभएपछि भागे बेहुला


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको उडिसामा एक विवाह समारोहमा दुलही पक्षले मासुको परिकार नराखेपछि दुलाहा रमाकान्त पात्र भागेका छन् । त्यसपछि उनले त्यही क्षेत्रकी अर्की महिलालाई विवाह गरेर घर भित्र्याएका छन् । यो अनौठो घटना सुकिन्दामा भएको हो ।

छिमेकी जिल्ला केओनझारबाट पात्र जन्ती लिएर दुलहीको घर पुगेका थिए । विवाहका सबै विधि पूरा गरेपछि बेहुलाको परिवार डाइनिङ हलतिर लाग्यो । त्यहाँ शाकाहारी भोजन मात्र थियो । मटन करी चाहियोे भनी बेहुला पक्षले माग राखेपछि चर्काचर्की परेको थियो ।

पात्रले भोजमा मटन करी नदेखेपछि विवाह नै रद्द गरे । बेहुली पक्षले रोइकराइ गरे पनि केही नसुनी उनी भागे । त्यसपछि उनी सुकिन्दाकै गन्धपाल गाउँमा रहेको नातेदारको घर गए । त्यहाँ उनले त्यही राति अर्की महिलासँग विवाह गरेर घर भित्र्याएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖