• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मकवानपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गको उक्त सडक खण्डमा वीरगन्जबाट धनगढीतर्फ जाँदै गरेको उक्त यात्रु बाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा बसमा सवार २६ जना यात्रुहरू मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने वर्ष ३८ को मौली राना, बसको सहचालक धनगढी–३ बस्ने वर्ष २४ को अभिषेक शर्मा घाइते भएका छन् ।

त्यस्तै चितवन माडी–५ बस्ने वर्ष ३१ को यम बहादुर दरै, हेटौडा–११ नवलपुर बस्ने २१ वर्षकी रमा सापकोटा, बारा जितपुर सिमरा–२ बस्ने वर्ष २७ को जीवन लामा, कलैया–२६ महेशपुर बस्ने वर्ष ३० की मन्जुदेवी कपाली, निज कपालीको छोरा वर्ष ३ को नितेश कपाली, हेटौडा–१९ नेवारपानी बस्ने वर्ष ३२ की विमला श्रेष्ठ, सोही स्थान बस्ने वर्ष २९ की कल्पना श्रेष्ठ, वर्ष ३४ को सुशील श्रेष्ठ र भारत बिहार राज्य पश्चिम चम्पारन–१३ बस्ने वर्ष ४५ को हिरालाल शर्मा घाइते भएका छन् । उनीहरूको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖