• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु


  • धनकुटा खबर
  • .

सुर्खेत । एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका १५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको र उनको मृत्यु भएको हो । कालिकोट प्रहरीका अनुसार प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएको हो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । फाइवर बिस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोग बिना नै कर्मचारीलाई काममा खटाउने गरेको बताइएको छ ।

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर बिस्तारका क्रममा कर्मचारीलाई कुनै सुरक्षा सामाग्री नदिएर फिल्डमा काम गराउनु नेटवर्क प्रालिको चरम लापरबाही हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖