• Friday 16th of October 2026

चक्कु प्रहार गरेर फरार भएका ‘टोले गुण्डा’ बब शर्माले गरे प्रहरीमा आत्मसमर्पण


  • धनकुटा खबर
  • .

काठमाडौं– चक्कु प्रहार गरेर फरार भएका काठमाडौंका १ जना ‘टोले गुण्डा’ले प्रहरीमा आत्मसमर्पण गरेका छन्। काठमाडौंको जनसेवा क्षेत्रमा २ युवकमाथि चक्कु प्रहार गरी फरार भएका बब शर्मा भनिने विजयन्त प्रताप शर्माले आत्मसमर्पण गरेका हुन्।

प्रहरी वृत्त जनसेवाका प्रमुख तथा डीएसपी भेषराज रिजालका अनुसार बबले माघ २१ गते जनसेवा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। ‘हामीले सबैतर्फ अनुसन्धान गरेर साँघुरो घेरामा ल्याइसेकका थियौं। अब उम्कन सकिँदैन भन्ने भएपछि उनले आत्मसमर्पण गरेका हुन्,’ डीएसपी रिजालले नेपाल लाइभसँग भने।

जनसेवामा केही दिनअघि मात्रै प्रदीप केसी र अर्का एक युवा गरी २ जनामाथि चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। सो क्रममा अहिलेसम्म चक्कु प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

बब शर्मासँगै पक्राउ पर्नेहरुमा रन्जन कुमार, सुवास श्रेष्ठ, प्रविना खत्री, समुन महर्जन छन्। पक्राउ परेका सबै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी रिजालले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖