• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा एक महिला मृत फेला, हत्याको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौंमा एक जना महिला मृत फेला परेकी छन्।

शनिबार अपराह्नमा काठमाडौं महानगरपालिका वडा नम्बर ९

विजयचोकस्थित एक होटलमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा अन्दाजी ४५-५० वर्षीया महिला मृत फेला परेकी हुन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले उनको पहिचान खुलाउने प्रयास गरिरहेको छ।

महिलाको मृत्यु शंकास्पद भएको एसएसपी खत्रीले बताए।
प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ। प्रहरीलाई अपराह्न ५ बजेतिर खबर भएको थियो।

प्रहरी स्रोतका अनुसार एक जना पुरूषले उक्त कोठा लिएका थिए। ती पुरूषको पहिचान खुलेको भए पनि ती महिलाको भने पहिचान खुल्न नसकेको हो। पुरूष अहिले फरार छन्।

महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको देखिएको स्रोतले बताएको छ।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖