• Friday 16th of October 2026

फागुन १ गते पूर्वराजाको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोजौं : दुर्गा प्रसाई


  • धनकुटा खबर
  • .

काठमाडौं : व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानका संयोजक दुर्गा प्रसाईले फागुन १ गते आफ्नो हुने कार्यक्रममा सहभागी हुन देशवासीलाई आह्वान गरेका छन्।

कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताए। उनले भने, ‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं। तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं। सै पनि एमाले मै पनि एमाले भन्ने गीत बजारमा हराइसक्यो।’

प्रसाईंले व्यवस्था उल्ट्याउने घोषणासहित आन्दोलन गर्दै आइरहेका छन्। पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरे। उनले भने, मैले पहिला पनि निम्तो दिएको थिएँ उहाँ आउनुभयो। अहिले पनि मैले निम्तो दिएको छु। उहाँलाई नेपाली जनताको माया भए आउनुहुन्छ। मैले उहाँसँग तीन घण्टा कुरा गरेको हुँ। हामीले निमन्त्रणपत्र पठाएको छौं। आउनुहुन्छ भन्ने हो उहाँ आउनुभएन भने पनि मेरो चित्त दुखाइ छैन।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई आफ्नो जनआन्दोलनमा सहभागी हुन आह्वान गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖