काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।
