• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रभु बैंक राडीका अप्रेसन इन्चार्ज ६ दिनदेखि बेपत्ता, एक करोड ३५ लाख अपचलनको आशंका


  • धनकुटा खबर
  • .

रुकुम पश्चिम, २८ माघ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह ६ दिनदेखि बेपत्ता छन् । आफ्नो बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएको भन्दै बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा भेला हुने गरेका छन् ।

आठबिसकोट नगरपालिका– १३ का शंकर पुनले आफ्नो खातामा रहेको १० लाख रुपैयाँ थाहा नै नदिए अर्कैको खातामा ट्रान्सफर भएको बताए । बैंकमा गएर बुझ्दा आफ्नो खातामा रहेको पैसा अन्यत्रै पठाएको बताए । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर झुक्याइएको बचतकर्ताहरूको गुनासो छ । बचतकर्ताहरू आफ्नो रकम फिर्ताको माग गर्दै भेला हुने गरेका छन् ।

शंकास्पद देखिएपछि आन्तरिक अनुसन्धान थालिएको छ । बैंकको कर्णाली प्रदेशबाट आएका दुईजनाको टोलीले अनुसन्धान गरिरहेको शाखा प्रमुख डम्बर गौतमले जानकारी दिए ।

‘यस शाखामा अप्रेसन इन्चार्जको रूपमा कार्यरत शाह ६ दिनदेखि बेपत्ता हुनुहुन्छ, म बिदामा रहेका कारण बैंकको सबै जिम्मेवारी उनलाई थियो, बेपत्ता भएपछि हामीले आन्तरिक अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘गडबडी भए–नभएको अनुसन्धान सकिएपछि मात्र थाहा हुन्छ ।’

अनुसन्धानका लागि केन्द्रको टोलीसमेत आउन लागेको उनले बताए ।-लाइभदाङ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖