• Friday 16th of October 2026

रविनाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि, छतबाट हाम फालेकी थिइन्


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गर्‍यो ।

उनलाई अस्पतालमा पुर्‍याएका प्रहरी कर्मचारीले अर्को खबर पाए– रविनाको ‘बेड रुम’भित्र दुई बालबालिका बेहोस अवस्थामा छन् ।

घटना शंकास्पद हुन सक्ने अनुमानपछि प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको नेतृत्वमा समेत टोली रविनाको घरमा पुग्यो । बेहोस अवस्थामा फेला परेका रविनाका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिबा महर्जनलाई पनि प्रहरीले उपचारका निम्ति तत्काल किस्ट अस्पतालमा पुर्‍यायो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरे । प्रहरीले दुवै अश्वेत र रिबालाई बेलुका करिब ५ बजेर २५ मिनेटमा अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖