• Friday 16th of October 2026

चितवन आउँदैछन् पूर्वराजा ज्ञानेन्द्र, अगाडी नै बुक भए सोल्टी होटलका ३२ कोठा


  • धनकुटा खबर
  • .

चितवन । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज आइतबार चितवन आउने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन आउन लागेका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ । पटिहानीको सोल्टी होटलमा बस्ने पूर्व राजा ज्ञानेन्द्र नितान्त निजी भ्रमणका लागि चितवन आउन लागेका हुन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए ।

‘गत वर्ष ८ दिन बस्नु भएको थियो, यसपटक १६ दिनका लागि कोठाहरु बुक गरिएका छन्’, सोल्टी होटल स्रोतले भन्यो, ‘उहाँको निजी भ्रमण हो, अरु भेटघाटका तालिका बनेको जानकारी छैन ।’ उनी जहाजबाट भरतपुर आउनेछन् । उनी चढ्ने सवारी साधानहरु भने यसअघि नै भरतपुर आइसकेका छन् ।
चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ । पूर्व राजाको स्वागतका लागि होटल सोल्टीका अध्यक्षसमेत पटिहानी आएका छन्।

पछिल्लो समय तराइ-मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖